नागरिक लगानी कोषका अध्यक्ष भट्टराईद्वारा पदबहाली
नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईले आज पदबहाली गरेका छन् ।
कोष सञ्चालक डा. रामशरण खरेलले डा. भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
भट्टराईलाई २१ असोजको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।
‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्यावारिधि गरेका भट्टराईले हाल त्रिभुवन विश्वविद्यालयअन्र्तगत पाटन बहुमुखी क्याम्पसमा अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन् ।
खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईसँग राष्ट्रिय वाणिज्य ब्यांकको सञ्चालक, राष्ट्रिय योजना आयोगको सल्लाहकार, अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेको अनुभव छ ।