सुनकोशीमा बस खस्दा एकजनाको मृत्यु
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट यात्रुबस सुनकोशी नदीमा खसेको छ ।
आज बिहान सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंका लागि छुटेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नम्बरको बस सुनकोशीमा खसेको हो ।
दुर्घटनामा परी एकजनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ ।
उक्त बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । रासस