मोरङमा सडक दुर्घटना, तीन जनाको मृत्यु
मोरङको बेलबारी र कानेपोखरीमा २५ असोज साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बेलबारी–४ मा ना ५ ख १९२० नम्बरको ट्रकले को १२ प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बेलबारी ११ का मानबहादुर राई (४५) र वर्ण राई (५०) को मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका दुवैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कानेपोखरी–७ मा ना ५ ख २१४१ नम्बरको बसले ठक्कर दिंदा स्थानीय विष्णु भेटवाल (५०) को मृत्यु भएको छ ।
सडक पार गर्ने क्रममा बसको ठक्करले घाइते भएका भेटवालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमल रिमाल