ग्लोबल आईएमई ब्यांकको नायब प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त
ग्लोबल आईएमई ब्यांक लिमिटेडकोे नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् ।
आजदेखि कार्यभार सम्हालेका ढकाल यसअघि मेगा ब्यांकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिए ।
अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चाटर्ड एकाउन्टेन्ट समेत हुन् । ब्यांकिङ क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव संगालेका ढकालले तत्कालिन टुरिजम डेभलपमेन्ट ब्यांक र सिद्धार्थ डेभलपमेन्ट ब्यांकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।
ढकालले नेपाल ब्यांक लिमिटेडमा डेपुटी जनरल म्यानेजरका साथै केही समय व्यवस्थापन समूहको संयोजकको रुपमा समेत काम गरेका छन् ।