कला/साहित्यबिहिवार, आश्विन २५, २०७५

२०७४ को जगदम्बा–श्री र मदन पुरस्कार अर्पण

हिमालखबर

वि.सं २०७४ को जगदम्बा–श्री र मदन पुरस्कार अर्पण गरिएको छ ।

तस्वीरहरु: माेनिका देउपाला

आज ललितपुरको पाटनढोकामा आयोजित समारोहमा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

२०७४ को जगदम्बा–श्री पुरस्कार शान्तदास मानन्धरलाई र मदन पुरस्कार ‘योगमाया’ का लागि नीलम कार्की निहारिकालाई अर्पण गरिएको छ ।

मदन पुरस्कार वर्षभरी प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बा–श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिन्छ ।

दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस