कांग्रेस बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।
भोलि, २५ असोजका लागि निर्धारण गरिएको बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित भएको हो ।
बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता उपत्यका बाहिर छन् । रासस