नेपाल बाङ्लादेश ब्यांकका दुई नयाँ शाखा
नेपाल बाङलादेश ब्यांंक लिमिटेडले सल्यानको रामपुर र नवलपरासीको बुलिङ्टारमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई सहज ब्यांकिङ सुविधा प्रदान गर्न शाखा सञ्जाल विस्तार गरेको ब्यांकले जनाएको छ । यी शाखाबाट ग्राहकले निक्षेप, कर्जा, रकम भुक्तानी लगायत सम्पूर्ण ब्यांकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
दुई नयाँ सहित ब्यांकले ८० शाखा, सात एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो ब्यांकिङ तथा ५७ वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।