एनबी इन्सुरेन्सको तीन शाखा थप
एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले काठमाण्डौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा तीन नयाँ शाखा थप गरेको छ । शाखाकोa उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले गरेका हुन ।
शाखा उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी र विभिन्न ब्याङ्क, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कम्पनीका संचालक समितिका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताए । अध्यक्ष पौडेलले हालै १० शेयर बराबर ८ शेयरका दरले प्रदान गरेको हकप्रद शेयरको बांकी शेयर बोलकबोल मार्फत रु.४ करोड ५३ लाख शेयर प्रिमियम प्राप्त गरेको जानकारी दिए ।
हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु. २७ करोड पुगेको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कोटेश्वर शाखामा शाखा प्रमुखदेखि सबै कर्मचारीहरु महिला रहेका र उक्त शाखालाई महिला शाखाको रुपमा स्थापना गरिएको जानकारी दिए ।
तीन नयाँ सहित कम्पनीको कुल शाखा १७ पुगेको छ भने पाँच वटा सम्पर्क कार्यालय र ११ वटा सेवा काउण्टरहरु सञ्चालनमा छन् ।