पोखरामा घुससहित दुई दिनमा तीनजना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराबाट दुई दिनमा घुससहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा, मालपोत कार्यालय कास्कीका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मा रहेका छन् ।
अख्तियारको क्षेत्रीय कार्यालय पोखराको टोलीले स्टिङ अप्रेसनमार्फत सहन्यायाधिवक्ता थापालाई पाँच लाख घुस सहित आज विहान पक्राउ गरेको हो ।
त्यस्तै मालपोत अधिकृत पौडेल र खरिदार शर्मा ५० हजार घुस सहित २३ असोजमा पक्राउ परेका थिए ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए ।
दुई दिनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे पोखरामै छन् ।
युवराज श्रेष्ठ, पोखरा