बजार अनुगमन विरुद्ध व्यापारी आन्दोलनमा
इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले बजार अनुगमन थालेपछि व्यापारीले त्यसका विरुद्ध बजार बन्द गरेका छन् ।
बजार अनुगमनको क्रममा इलाका प्रशासन र नगरपालिकाले विभिन्न पसलबाट अखाद्य वस्तु बरामद गर्नुका साथै दर्ता नै नगरी सञ्चालन भएका केही पसल बन्द गराएपछि व्यापारी विरोधमा उत्रिएका हुन् ।
कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले प्रशासनले मनपरि बजार अनुगमन गरेर दुःख दिएको आरोप लगाए ।
कानूनी प्रक्रिया पु¥याएर सञ्चालन गर्न भनेको र कालोबजारी गर्ने व्यापारीलाई कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रशासन कार्यालय प्रमुख सुनिल पौडेलले जानकारी दिए । रासस