विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।
संवैधानिक तथा कानून पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा उनले विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गरेका हुन् ।
उनले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायालयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको बताएका छन् ।
न्यायालयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने गरी काम गरिरहेको भन्दै प्रधानन्यायाधीश मिश्रले प्रेसलाई आफूले सम्मान गर्ने बताएका छन् । रासस