कला/साहित्यमंगलवार, आश्विन २३, २०७५

१२ वर्षीय बालकको एकल फोटो प्रदर्शनी

हिमालखबर

ललितपुरको खुमलटारस्थित प्रिमियर स्कूलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय साश्वत बुढाथोकीको एकल फोटो प्रदर्शनी गरिएको छ ।

आज विद्यालय परिसरमा आयोजना गरिएको प्रदर्शनीमा इन्द्रजात्रामा खिचिएका २० तस्वीर राखिएको थियो ।

प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयकी निर्देशक पवित्रा लिम्बुले बुढाथोकीको कला र क्षमताको प्रशंसा गरेकी छन् ।

समारोहमा बोल्दै उनले १२ वर्षीय बालकको प्रयास सबैको लागि प्रेरणादायी भएको बताइन् ।

प्रदर्शनीमा हनुमानढोकाको गद्दी बैठक, श्वेत भैरव, इन्द्रजात्रको समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको तस्वीर राखिएको थियो ।

 

प्रतिकृया दिनुहोस