प्रदेश–१ को दोस्रो अधिवेशन अन्त्य
प्रदेश–१ को प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको छ ।
१७ जेठदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ६० घण्टा समय खर्च भएको जनाइएको छ ।
बैठकमा सम्बोधन गर्दै प्रदेश–१ का मुख्यमन्त्री शेरधर राईले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भएपनि प्रदेशसभाले उल्लेखनीय काम गरेको दाबी गरेका छन् ।
उनले संघीय सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेशको बजेट कार्यान्वयनमा समस्या देखिएको बताए ।
उनले प्रदेशसभाको तेस्रो अधिवेशनको शुरुमै राजधानी र नाम टुङ्गो लगाइने पनि बताए ।