प्रतिपक्षको भूमिकामा पार्टी कमजोर भयोः शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर भएको बताएका छन् ।
आज चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका विषयमा प्रतिपक्षको हैसियतले गर्नुपर्ने जति भूमिका कांग्रेसले निर्वाह गर्न नसकेको बताएका हुन् ।
प्रमुख प्रतिपक्ष बलियो रुपमा प्रस्तुत हुन सके लोकतन्त्र मजबुत हुने कोइरालाले बताएका छन् ।
उनले कांग्रेस संसदीय दल कमजोर रहेकाले सिङ्गो पार्टी नै अल्मलिएको पनि बताए ।
त्यस्तै कोइरालाले कांग्रेसको आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको र समय आएपछि आवश्यक निर्णय लिइने बताएका छन् ।