समाचारआइतबार, २१ आश्विन , २०७५
सिके राउत पक्राउ
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
आज रौतहट जिल्ला अदालतमा मुद्दाको तारेखमा आएका राउतलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
राउत अदालतमा प्रवेश गर्नुअघि उनका समर्थकहरुले उत्तेजक नारा लगाएका थिए ।
राज्यविरुद्धको नाराबाजी गरेपछि राउतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राउतसँगै गरुडा–५ का रामेश्वरप्रसाद यादव र सञ्जय स्वराजी पनि पक्राउ परेका छन् ।
पक्राउ परेका तीन जनाविरुद्ध राज्यद्रोहको मुद्दा चलाइने रौतहट प्रहरीका प्रवक्ता महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
राउत पक्राउ परेपछि उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि धर्ना दिइरहेका छन् ।
सञ्जय मित्र, रौतहट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- सोमबार, ६ फाल्गुण , २०७५ नुन किन्न सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य
- सोमबार, ६ फाल्गुण , २०७५ जेठीलाई छाडी कान्छी भित्र्याउँदा प्रहरी खोरमा
- सोमबार, ६ फाल्गुण , २०७५ प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
- आइतबार, ५ फाल्गुण , २०७५ ‘लुट्न सके लुट’लाई पुनः अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह, शर्मा भन्छन्– ‘सोचेर निर्णय गर्छु’