कला/साहित्यआइतवार, आश्विन २१, २०७५

सारा बनिन्, ‘मिस पोखरा २०१८’

हिमालखबर

‘मिस पोखरा २०१८’ को उपाधि पोखराकी सारा बजिमयले जितेकी छन् ।

१७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बजिमयले उपाधि जितेकी हुन् । विजयी सारालाई पूर्व मिस नेपाल उषा खड्गी र मिस पोखरा २०१७ ममता जोशीले ताज पहिर्‍याइदिए ।

‘मिस पोखरा’को टाइटलसँगै साराले स्कूटर, नगद ५० हजार रुपैयाँ र एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने आयोजक जेसिआई पोखराले जनाएको छ ।

‘मिस पोखरा २०१८’ मा फष्ट रनरअप सुजाता केसी भएकी छन् । केसीले उपाधिसँगै ३० हजार रुपैयाँ सहित अन्य उपहार जितेकी छन् ।

त्यसैगरी, सेकेण्ड रनरअपको उपाधि मिनाक्षी शर्माले जितिन् । उनले नगद २० हजार रुपैयाँ सहित उपहार प्राप्त गरेकी छन् ।

युवराज श्रेष्ठ, पोखरा

तस्वीरहरुः जक्सन डट कम

प्रतिकृया दिनुहोस