सल्ले विमानस्थलमा तीन महीनापछि उडान शुरु
रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ ।
तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौं–रुकुम–ेपालगञ्ज उडान गरेर नियमित भएको हो ।
अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक÷एक दिन उडान गर्ने सल्ले विमानस्थलका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए ।
उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं–रुकुम–नेपाजगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम–काठमाडौं उडान गर्ने भएको छ ।
यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो ।
सल्लेबाट उडान शुरु भए पनि रुकुमको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि बन्द छ । रासस