वातावरण संरक्षणमा समाजको अग्रसरता आवश्यकः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज अग्रसर हुनुपर्ने बताएकी छन् ।
आज काठमाडौंमा आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण वातावरण संरक्षणमा चुनौती थपिएकाले सम्बद्ध पक्षले यसमा यथोचित ध्यान पु्र्याउनुपर्ने बताएकी हुन् ।
जलवायु परिवर्तनले सुख्खा, डढेलो तथा बाढीपहिरोजस्ता समस्यालाई बढाएको पनि उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना साकार पार्न सरोकारवाला समूहको सहभागितामा वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने बताएकी छन् । रासस