डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकप बाहिर
बङ्गलादेशको ढाकामा भइरहेको बङ्गबन्धु गोल्डकपबाट नेपाल बाहिरिएको छ। प्यालेस्टाइनसँग आजको खेलमा १–० ले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन नेपाल प्वाइन्ट र गोलरहित उक्त कपबाट बाहिरिएको हो।
मंगलबार भएको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले हारेको नेपालका लागि दोस्रो चरण प्रवेश गर्न आज प्यालेष्टाइनसँग २–० ले जित्नु जरुरी थियो । तर बंगलादेशको सिल्हेट डिस्ट्रिक रंगशालामा भएको आजको खेलमा ७० औं मिनेटमाप्यालेस्टाइनले नेपालविरुद्ध गोल गरेपछि नेपालको बङ्गबन्धु यात्रा टुंगिएको हो ।