नौ दिनपछि खुल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
कर्मचारीको आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आजदेखि खुलेको छ ।
आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् ।
सहमतिअनुसार अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया शुरु गर्ने र २०६४ का कर्मचारीको स्तरवृद्धि गर्ने सहमति भएको आन्दोलन समितिका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।
अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने साथै स्थायी कर्मचारीको स्तरवृद्धिको माग राखेर अस्पतालमा कार्यरत २९० जना कर्मचारी आन्दोलनमा थिए ।
कर्मचारीको आन्दोलनका कारण आकस्मिक र सघन उपचार कक्षबाहेकका सबै सेवा ठप्प रहेको थियो । रासस