शिवम् सिमेन्टद्वारा ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण
शिवम् सिमेन्ट लिमिटेडले काठमाडौंका केही ट्याक्सी चालकलाई ज्याकेट उपलव्ध गराएको छ ।
शिवम् सिमेन्टले एभरेष्ट क्याब सर्भिसको संयोजकत्वमा कार्यक्रम आयोजना गरी ज्याकेट हस्तान्तरण गरेको हो ।
यातायात व्यवस्था विभागले ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि कम्पनीले सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गर्दै आइरहेको छ ।
सन् २००९ मा हेटौंडामा स्थापित यस उद्योगले क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।