सिटी एक्सप्रेसको निःशुल्क बस सेवा
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले दशैंलाई लक्षित गरी ७ दिने निःशुल्क बस सेवा शुरु गरेको छ ।
१७ असोजमा शुरु भएको सेवा २३ असोजसम्म चल्नेछ । सिटी एक्सप्रेसको बसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा शुरु गरी चक्रपथ परिक्रमा गर्नेछ ।
दशैं मनाउन विभिन्न देशबाट स्वदेश फर्किने यात्रुलाई लक्षित गरी सेवा शुरु गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
बस सेवाको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल र नेपाल आइडल सिजन–२ का ११ जना टप फाइनलिस्टहरुले संयुक्त रुपमा गरेका थिए ।