यतीको ७२ सिटे जहाजद्धारा पोखरा–काठमाडौं उडान शुरु
यती एअरलाइन्सले ठूलो आकारको जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं उडान शुरु गरेको छ ।
यतीले ७२ सिट क्षमताको ‘एटीआर ७२–५००’ जहाजबाट १७ असोजदेखि उडान शुरु गरेको हो ।
यतीले काठमाडौं–पोखरा हरेक दिन बिहान साढे ७ र ९ बजे गरी दैनिक दुई उडान गर्नेछ ।
एटीआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम–४१ जहाजबाट पनि उडान गर्नेछ । यतीले हाल काठमाडौं–पोखरा–काठमाडौं रूटमा दैनिक १० वटासम्म नियमित उडान गरिरहेको छ ।
७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग छोटोे भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । एटीआरले बढीमा ६० जना यात्रु बोक्ने यतीले जनाएको छ ।