खेलकुदबुधबाबार, १७ आश्विन , २०७५
टी-२० विश्वकपको एसिया छनोटकाे पहिलाे खेलमा नेपाल विजयी
क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा आज भएको टी-२० विश्वकपको एसिया छनोट खेलमा नेपालले म्यानमारसँग ८ विकेटको जीत दर्ता गरेको छ।

पहिले ब्याटिङमा उत्रिएको म्यानमारले १० ओभरमै सबै विकेट गुमाउँदा २९ रन मात्र बनाउन सक्यो। ३० रनको झिनो लक्ष्य पाएको नेपालले ३ ओभरमै लक्ष्य पूरा गर्यो। त्यस क्रममा ओपनर प्रदीप ऐरी ० रनमा र विनोद भण्डारी १ रनमा आउट हुन पुगेका थिए। नेपालका तर्फबाट करण केसीले १४ रन र अनिलकुमार साहले ११ रन बनाएका थिए।
यसअघि म्यानमारलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछानेले ४, ललित राजवंशीले ३, ललित भण्डारी र करण केसीले १-१ विकेट लिएका थिए।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- सोमबार, ६ फाल्गुण , २०७५ नुन किन्न सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य
- सोमबार, ६ फाल्गुण , २०७५ जेठीलाई छाडी कान्छी भित्र्याउँदा प्रहरी खोरमा
- सोमबार, ६ फाल्गुण , २०७५ प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
- आइतबार, ५ फाल्गुण , २०७५ ‘लुट्न सके लुट’लाई पुनः अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह, शर्मा भन्छन्– ‘सोचेर निर्णय गर्छु’