नेपाल ताजकिस्तानसँग २–0 ले पराजित
बङ्गलादेशको ढाकामा आज भएको बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको छ।
डिफेन्डिङ च्याम्पियन नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा ताजकिस्तानविरुद्ध मैदानमा उत्रेकाे थियाे । तर आफूभन्दा निकै बलियो मानिएकाे टीमसँग पराजित भोग्नु परेको हो।
फिफा बरियतामा ताजकिस्तान १२० औँ स्थानमा छ भने नेपालको स्थान १६० औँ मा छ।
समूह ‘ए’मा रहेको नेपालले अर्को खेल २० असोजमा प्यालेस्टाइनसँग खेल्नेछ।