प्रदेश–१ मा दशैं लक्षित सुरक्षा योजना
दशैं तिहारलाई लक्षित गरेर आज विराटनगरमा प्रदेश–१ स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।
आन्तरिक मामिला मन्त्रालयको आयोजनामा भएको बैठकमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की लगायतको उपस्थितिमा सुरक्षा योजना बनाइएको छ ।
बैठकमा प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु उपस्थित थिए ।
प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक आभुषण तिम्सिनाका अनुसार, संवेदनशील ठाउँमा सादा पोशाकमा सुरक्षाकर्मी खटाएर निगरानी शुरु गरिएको छ ।
१० असोजदेखि ३० कात्तिकसम्म चल्ने सुरक्षा योजनामा खुल्ला सीमामा हुने अपराध न्यूनिकरणमा पनि केन्द्रित रहने जनाइएको छ ।
कमल रिमाल