वेस्टर्न यूनियनको दशैं योजना
रेमिटेन्स कम्पनी वेस्टर्न यूनियन मनी ट्रान्सफरले विजया दशमी, दीपावली तथा छठको अवसरमा ‘खुसीको पर्व’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत विदेशबाट पठाएको रकम प्राप्त गर्दा ग्राहकले उपहार स्वरुप रकम नै प्राप्त गर्नेछन् ।
योजनामा सहभागी हुनको लागी वेस्टर्न यूनियनका सात वटा मुख्य एजेन्ट अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिट, माया रेमिट, नबिल ब्यांक, डिजिटेक रेमिटेन्स, सूर्य रेमिट र तिनका नेपालभरका एजेन्टमार्फत रकम भुक्तानी गर्नुपर्नेछ ।
योजनामा लक्की ड्र मार्फत हरेक दिन एक जना ग्राहकले १५ हजार साथै अन्त्यमा एक जनाले बम्पर उपहार स्वरुप पाँच लाख जित्नेछन् ।
७ असोजदेखि शुरु भएको खुसीको पर्व योजना कात्तिक मसान्तसम्म लागू हुनेछ ।