मालीमा जथाभावी गोली प्रहारबाट २५ काे मृत्यु
माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ।
गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा स्राेतले सोमबार जनाएको छ।
“गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,” स्थानीय एक अधिकारीले भने।
स्थानीय सुरक्षा स्राेत र अर्का एक सरकारी अधिकारीले पनि यो तथ्यको पुष्टी गरेको समाचारमा जनाइएको छ।
“आक्रमणकारीहरु मोटरसाईकलमा आएका थिए। मानिसहरु बसेका ठाउँमा जथाभावी गोली प्रहार गरे,” ती अधिकारीले बताए।
गत सेप्टेम्बर २५ तारिखका दिन मेनकाको पश्चिमी क्षेत्रमा भएको यस्तै आक्रमणमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो।
फुलानी र टरेगमा भएका घटनाहरुमा परी यस वर्ष मात्रै झण्डै २०० जना मारिएको अधिकारीहरुले जनाएका छन्। – एएफपी