मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
विराटनगर महानगरपालिका–४ मा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सडकमा रोकिराखेको ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा झापा शनिश्चरे नगरपालिका–९ का रोशन शेर्पा (२४) र विराटनगर–४ का अनिष राजवंशी (१९) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
शेर्पाको अस्पताल लाने क्रममा बाटोमै र राजवंशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमल रिमाल