कला/साहित्यशनिवार, आश्विन १३, २०७५

२० वर्षीया इराकी मोडलको गोली हानी हत्या

हिमालखबर

इराककी सोसलमिडिया सेलिब्रिटी, मोडल, डिजाइनर तारा फारिसको गोली हानी हत्या भएको छ। राजधानी बगदादमा कारमा उनीमाथि गोली प्रहार भएको थियो। उनीमाथि छ गोली प्रहार गरिएको थियो।

सामाजिक सञ्जाल इन्स्टाग्राममा २७ लाख फ्लोअर रहेकी २० वर्षीया फारिस स्टाइलिस हेयर कलर र फेशन डिजाइनमा चर्चित थिइन्। इराकी बाबु र लेवनानी आमाबाट जन्मिएकी ताराले सन् २०१५ मा सौन्दर्य प्रतियोगिता जितेकी थिइन्।

पछिल्लो समय युरोप बस्दै आएकी तारा एक हप्ताका लागि इराक पुगेकी थिइन्। उनको चर्चा र जीवनशैलीका कारण अतिवादीहरुको निशानामा परेको हुनसक्ने एजेन्सीहरुको भनाइ छ।


इराकी व्यंग्यकार अहमज ए बशीरले घटनामा दुःख व्यक्त गर्दै भनेका छन्, "कसैले उनको हत्या यति मात्र कारणले गर्यो कि उनले अरु केटीहरुजस्तै जिउने निर्णय गरिन् ।"

इराकको पुलिसले हत्यारा खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेकोे छैन । - एजेन्सी

प्रतिकृया दिनुहोस