नेविसङ्घको मनोनीत कार्यसमिति नबनाउन माग
नेपाल विद्यार्थी सङ्घको अध्यक्षका आकाङ्क्षीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् ।
आजदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरुलाई मान्य नहुने उनीहरुले उद्घोष गरेका हुन् ।
अध्यक्षका आकाङ्क्षी मनोजमणि आचार्यले आफूले हारे पनि निर्वाचन हुनुपर्नेमा जोड दिए।
नैनसिंह महरले नेविसङ्घ काँग्रेसका नेता उत्पादन गर्ने नर्सरी भएकाले निर्वाचनमा भिड्ने अवसर दिन नेताहरुसँग आग्रह गरे।
काँग्रेसका नेताले नेविसङ्घ चलाउन खोजेमा विद्यार्थीले पार्टी चलाउने चेतावनी अध्यक्षका प्रत्यासी दिपक भट्टराईले चेतावनी दिए ।
रासस