प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच भेटवार्ता भएको छ ।
आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटर्वार्तामा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटमा व्यापार, लगानी तथा पर्यटनका विषयमा पनि छलफल भएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले जानकारी दिए ।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की लगायतको पनि उपस्थिती थियो । रासस