शेयर बजार २.३१ अंकले ओरालो
९ भदौमा २२.२२ अंकले उकालो लागेको नेप्से परिसूचक आज २.३१ अंकले ओरालो लागेको छ ।
आज १७१ कम्पनीको रु. ९० करोड ९९ लाख बराबरको शेयर किनबेच भएको बजारमा अन्य र लाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचक ओरालो लागेका छन् ।
‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ०.१८ प्रतिशतले ओरालो लागेको छ । त्यसमध्ये सबैभन्दा बढी उत्पादनमूलक उपसूचक ०.७६ प्रतिशतले ओरालो लाग्यो ।
आज ६ करोड २७ लाख बरारबको शेयर खरीद बिक्री भएको कुमारी ब्यांक धेरै रकमको कारोबार गर्ने कम्पनी बनेको छ ।
त्यस्तै ९.९३ प्रतिशतले मूल्य बढेको समता माइक्रोफाइनान्स धेरै मूल्य बढ्ने कम्पनी बन्दा ५.७९ प्रतिशतले घटेको नेपाल कम्यूनिटी विकास ब्यांक धेरै मूल्य घट्ने कम्पनी बन्यो ।