प्रेसिडेन्सियल विजनेश स्कूलको तेस्रो दिक्षान्त समारोह
अमेरिकाको वेष्टक्लिफ यूनिभर्सिटीको सम्बन्धबाट सञ्चालित प्रेसिडेन्सियल विजनेश स्कूलले तेस्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित समारोहमा बीबीए र एमबीए गरेका १५० जना विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले अमेरिकी विश्वविद्यालयको सहकार्यकामा प्रेसिडेन्सियल विजनेश स्कूलले स्वदेशमै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको बताए ।
उनले दीक्षित विद्यार्थीले आफ्नो ज्ञान, सीप र क्षमता एवम् ऊर्जाको प्रयोग देशमै गर्नुपर्ने धारणा राखे ।
वेष्टक्लिफ युनिभर्सिटीका प्रोभोष्ट प्रा. डा. डेविड मेकिनीले प्रेसिडेन्सियल स्कूलले विदेशी विद्यालयको शिक्षा आम नेपालीको पहुँचमा पुर्याएको बताएका छन् ।
विजनेश स्कूलका कार्यकारी निर्देशक लक्ष्मण केसीले दीक्षित विद्यार्थीलाई कक्षामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सुझाव दिए ।