आईएमईको ‘दशैंमा बीस लाख’ योजना
इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत ‘लक्की ड्र’ मार्फत हरेक दिन १० जनाले ‘आईएमई पे’बाट एक हजारको बिल भुक्तानी, हरेक हप्ता एक जनालाई १० हजार नगद, हरेक महीना एक जनालाई एक लाख नगद तथा बम्परमा एक जनालाई बीस लाख नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।
उपहार पाउनको लागि ग्राहकले रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी सुरक्षित राख्नुपर्नेछ ।
७ असोजबाट शुरु भएको यो योजना मंसिर अन्तिमसम्म लागू हुनेछ ।
आईएमईले मुलुकभर १८१ सेन्टरसहित आठ हजार ५ सयभन्दा बढी सब–एजेन्ट मार्फत रेमिटेन्स सेवा प्रवाह गरिरहेको छ ।