७१ लाख भारु सहित एक पक्राउ
कैलाली जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाट इलाकाबाट सशस्त्र प्रहरीले ७१ लाख ७९ हजार भारु एक जनालाई पक्राउ गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका– १ का ३१ वर्षीय कृष्णराज जोशीले से. ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
निज जोशीले भारतको गुजरातबाट सो रकम ल्याई घर लैजान लागेको एपीएफ टोलीलाई बयान दिएका छन् ।