तेजाब प्रहारबाट घाइते सम्झना दासको मृत्यु
गत २६ भदौ राति तेजाब प्रहारबाट गम्भीर घाइते चन्द्रपुर नगरपालिका ६ का दिदी बहिनी मध्येकी दिदी १८ वर्षीया सम्झनाकुमारी दासको मृत्यु भएको छ ।
उपचारको क्रममा आज, ७ असोज राति उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सम्झनाको मृत्यु भएको हो ।
राति घरमा सुतिरहेका बेला सम्झना र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारी माथि तेजाब प्रहार भएको थियो। तेजाब प्रहारको आरोपमा प्रहरीले घटनाको ६ दिन पछि छिमेकी रामबाबु पासवानलाई पक्राउ गरेको थियो।
घाइते सुस्मिताको उपचार भइरहेको छ। अनुहार सहित कम्मरमाथिको अधिकांश भागमा तेजाबले जलेकी सम्झनाको दुई पटक शल्यक्रिया गरिएको थियो।