कला/साहित्यआइतवार, आश्विन ७, २०७५

म अरुको विचार आफूमा हावी हुन दिन्नँ : मनोज वाजपेयी

हिमालखबर

मनोज वाजपेयी बलिउडका निकै खारिएका अभिनेतामा गनिन्छन्। पछिल्लो समय रिलिज भएका फिल्म 'गली गुलियां' र 'लभ सोनिया' मा उनको अभिनयलाई दर्शक र आलोचकहरुले खुलेर तारिफ गरे। यद्यपि उनको भनाइमा उनी कसैको तारिफ र आलोचनाबाट आफूलाई प्रभावित हुन दिंदैनन्।

मनोज आफ्नो संघर्षको दिनमा फिल्म मानिसहरुले अस्वीकार गरेको स्मरण गर्दै भन्छन्, "म त्यो सपनामा विश्वास गर्छु, जसले जीवनमा राम्रो गर्न सुत्न दिंदैन । म अरुको विचारलाई आफूमाथि हावी हुन दिन्नँ। यदि कसैले मेरो कामको प्रशंसा गर्छ भने म उसलाई धन्यवाद भन्छु र आफ्नो काममा डटिरहन्छु। यस्तै, यदि कोही मेरो कामको आलोचना गर्छ भने त्यसलाई धेरै गम्भीर रुपमा लिन्नँ।"

उनका अनुसार, आफूलाई हतोत्साही बनाउने र तल खस्काउने भावना एवं विचारदेखि टाढै बस्नु महत्वपूर्ण हुन्छ। "म कसैलाई यी भावना मप्रति भड्काउने अधिकार दिन्नँ", उनी भन्छन्।

'सत्या', 'शूल', 'ग्यांग्स अफ वासेपुर' र 'शाहिद' जस्ता फिल्ममा गरेको अब्बल अभिनयका लागि लोकप्रिय वाजपेयीले भने, "मैले फिल्ममा करिअर शुरु गर्दाको समयमा कास्टङ निर्देशक हुँदैनथे। म कविता वा कथा याद गरेर त्यसै विषयमा निर्देशकको अगाडि खाना खाने समयमा अभिनय देखाउँथें। यसबाट मलाई अभिनयको अभ्यासलाई निरन्तरता दिन र एक अभिनेताको रुपमा आफ्नो कौशल सुधार्न सहयोग पुग्यो।"

पछिल्लो समय रिलिज भएका फिल्म 'गली गुलियां' र 'लभ सोनिया' बाट वाजपेयीले तारिफ बटुलेका छन् । - एजेन्सी

प्रतिकृया दिनुहोस