संविधान संशोधन गरेर निर्वाचन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।
न्हुदँ समारोह समितिद्वारा आज ललितपुरमा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए ।
खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उनको जोड रहेको थियो ।
उनले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याए । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको उनको भनाइ थियो ।