कला/साहित्यशनिवार, आश्विन ६, २०७५

घटस्थापनाको दिनदेखि छक्का पञ्जा–३ (ट्रेलर सहित)

हिमालखबर

चलचित्र ‘छक्कापञ्जा–३’ २४ असोज अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण समूहले ट्रेलर सार्वजनिक र प्रदर्शन मिति घोषणा गरेको हो ।

चलचित्रमा शिक्षा क्षेत्रको विकृति विसङ्गतिलाई उठान गरिएको जनाइएको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, नीर शाह, बुद्धि तामाङ, दीपिका प्रसाईं, प्रियंका कार्की, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस