मलेशियामा विषाक्त रक्सीबाट मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो
मलेशियामा विषाक्त रक्सी खाएर मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ ।
मलेशियास्थित नेपाली राजदुत कुमारराज खरेलले थप एक जना नेपाली सुकबल घिसिङको मृत्यु भएको बताएका हुन् ।
यसअघि विषाक्त मदिरा सेवनका कारण सात जना नेपालीको मृत्यु भइसकेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान र अस्पतालको फरेन्सिक रिपोर्टबाट नेपाली कामदारले सेवन गरेको मदिरामा मेथानोल रसायन मिसिएको खुलेको छ ।
नेपालीले मदिरा किन्ने पसलमा प्रहरीले अनुसन्धान गर्दा बर्माबाट आयातित म्याड्ली ह्विस्की र भारतबाट आयात गरिएको किंगफिसर बियरमा मेथानोल मिसाएर बिक्री गरिएको फेला पारेको छ ।