मन्त्रीको क्षमा पूजापछि चाँगुनारायण मन्दिर सर्वसाधारणका लागि खुला
विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर र परिसरमा रहेका पुरातात्विक महत्वका संरचनाको पुनर्निर्माण गरिएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको चाँगुनारायणको मुख्य मन्दिर, परिसरमा रहेका शिवमन्दिर, सरस्वती मन्दिर, भीमसेन पाटी, किलेश्वर महादेव, अमात्य सत्तल लगायतका सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको हो ।
पुरातत्व विभागले पुनर्निर्माणमा जोन स्यान्डी एशोसियसनको आर्थिक र प्राविधिक सहयोग रहेको जनाएको छ ।
यस्तै चाँगुनारायण परिसरमा रहेको चौघेरा सत्तलको पुनर्निर्माणको कार्य भइरहेको तर, लक्ष्मीनारायण मन्दिर पुनर्निर्माणका लागि स्रोत सुनिश्चित हुनसकेको छैन ।
निर्माण सम्पन्न भएका मन्दिरमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले ५ असाेजमा क्षमा पुजा गरेपछि सर्वसाधारणका लागि खुला गरिएको छ ।
मन्त्री अधिकारीले चौघेरा सत्तल र लक्ष्मीनारायण मन्दिर पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।