बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने
सडक विस्तारका कारण काठमाडौंको बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली जाने छ ।
केन्द्र प्रमुख सुरज रेग्मीले वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सव–स्टेशनबाट आपूर्ति हुने क्षेत्रमा बिजुली जाने छ ।
बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैंजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा बिजुली जाने छ ।
बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एम.टी.सी. पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कूल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् जाने प्राधिकरणले जनाएको छ ।