फिफा वरियतामा नेपाल एक स्थानमाथि, बेल्जियम र फ्रान्स दुवै पहिलो स्थानमा
फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो ।
फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा छ ।
नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । भारत र माल्दिभ्स क्रमशः ९७औँ र १५१औँ स्थानमा रहेका छन् ।
भूटान, बाङ्लादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्त रुपमा पहिलो स्थानमा छन् ।
दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ ।
यस्तै इङ्गल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ । रासस