यु–१६ महिला फुटबल: नेपाल फिलिपिन्ससँग ४–० ले पराजित
एएफसी यु–१६ महिला च्याम्पियनसिपको समूह ‘इ’को छनोट खेलमा नेपाल फिलिपिन्ससँग ४–० ले पराजित भएको छ।
शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा बुधबार भएको खेलमा बलियो मानिएको फिलिपिन्सले खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा २ गरी नेपालविरुद्ध ४ गोल गरेका थिए।