यु–१६ छनोटमा नेपाल–फिलिपिन्स आज भिड्दै
आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३:३० बजे हुँदैछ।
पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा नेपाल, फिलिपिन्स, म्यानमा र मलेसिया छन्। उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ।
नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन्। – रासस