कला/साहित्यमंगलवार, आश्विन २, २०७५

दुई दशकपछि ऋषि कपुर र जूही चावलाको जोडी फिल्ममा देखिंदै

हिमालखबर

करीब २० वर्षपछि बलिउड अभिनेता ऋषि कपुर र अभिनेत्री जूही चावलाको जोडी ठूलो पर्दामा देखिने भएका छन्। यो सुपहिट जोडी एक पारिवारिक कमेडी फिल्ममा अनुबन्धित भएको हो।  ऋषि र जूही पछिल्लो पटक सन् १९९६ मा फिल्म ‘दरार’ मा देखिएका थिए।

सोमबार जूहीले सामाजिक सञ्जाल ट्विटरमा नयाँ फिल्मका कलाकार र निर्माण युनिटसहित एउटा तस्वीर पोस्ट गर्दै लेखेकी छन्, "फिल्मको सुटिङ चाँडै शुरु हुँदैछ।"

फिल्ममा ऋषि कपूर र जूही चावलाको जोडी सुपरहिट रहेको थियो। उनीहरुले 'बोल राधा बोल' (१९९२), 'इना मीना डीका' र 'साजन का घर' (१९९४) जस्ता फिल्ममा एकसाथ देखिएका थिए।

निर्माण युनिटका अनुसार कलाकारहरु अनुबन्धित भइसके पनि फिल्मको नाम अझैसम्म तय गरिएको छैन।  फिल्मको निर्माण सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्शन्स इन इन्डिया र मैकगुफिन पिक्चर्सले गर्नेछन्।

दिल्लीको पृष्ठभूमिमा निर्माण हुने फिल्मको निर्देशन हितेष भाटियाले गर्नेछन्। फिल्मको कथा भाटिया र सुप्रतिक सेनले  लेखेका छन्। - एजेन्सी

प्रतिकृया दिनुहोस