केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने
भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।
एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने भएका हुन् ।
एशियन भलिबल महासङ्घको आयोजनामा २० देखि ३१ भदौसम्म थाइल्याण्डमा सञ्चालन भएको एशियालीस्तरको रेफ्री कोर्ष पूरा गरेपछि केसी र गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका छन् ।