हुण्डाईको इलेक्ट्रिक कार
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘यूनिक’ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ ।
यसमा २८ किलोवाट लिथियम–वाट पोलिमर ब्याट्रीसहित ८८ किलोवाटको इलेक्ट्रिक मोटर छ । जसलाई एकपटक चार्ज गरेपछि गाडी २५० किलोमीटरसम्म गुडाउन सकिन्छ ।
सेमी अटोमेटिक ट्रान्समिशन विशेषताको यो गाडीमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ । यसमा एलईडी लाइट र ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट प्यानल रहेको छ ।
‘यूनिक’मा एअर ब्याग, ब्लाइन्ड स्पट डिटेक्शन, अटोनोमश डिटेक्शन, लेन चेन्ज असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल लगायतका सुरक्षा विशेषता छन् ।
ड्राइभिङ डाइन्यामिक्सका साथ ‘यूनिक’ लुक्स र पर्फरमेन्समा पनि उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ ।
यसको बजार मूल्य रु. ५२ लाख ५६ हजार तोकिएको छ ।