समाचारशुक्रवार, भाद्र २९, २०७५

कञ्चनपुर घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छः गृहमन्त्री थापा

हिमालखबर

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कारपछि हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा रहेको संसदलाई जानकारी गराएका छन्।

थापाले गृहमन्त्रालयद्वारा गठित समिति र प्रहरीको अनुसन्धान अन्तिम चरणमा रहेको जानकारी दिँदै केही दिनभित्र सत्य तथ्य बाहिर आउने बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २८ भदौमा कञ्चनपुर घटनामा सरकार उदासिन रहेको आरोप लगाउँदै संसद अवरुद्ध पारेपछि सरकारका तर्फबाट गृहमन्त्री थापाले जवाफ दिएका हुन्।

उनले घटनामा संलग्न व्यक्तिले उन्मुक्ति नपाउने प्रतिवद्धता व्यक्त गर्दै  उच्चस्तरीय छानविन समिति र अन्य समितिको अनुसन्धानमा सरकारले पूर्ण सहयोग गरिरहेको जानकारी गराए।

"दोषीहरुमाथि कठोर कारबाही होस् भन्नेमा गृहमन्त्रालय गम्भीर रहेको बताएका थापाले विभिन्न समितिले गरिरहेको अनुसन्धानमा विश्वास गर्न आग्रह गरे।

प्रतिकृया दिनुहोस